२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जटिल भूराजनीतिक अवस्थालाई ध्यान दिनुपर्नेछ : परराष्ट्र मन्त्री श्रेष्ठ 

अ+ अ-

काठमाडौँ। ‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नाराका साथ लुम्बिनी सम्मेलन (कन्क्लेभ) बिहीबारदेखि सुरु भएको छ ।

सम्मेलन परराष्ट्र मन्त्रालय र अन्तर कन्सुलर कर्पस नेपालको संयुक्त आयोजनामा जन्मस्थल लुम्बिनीमा शान्ति र समृद्धिलाई केन्द्रमा राखेर सम्मेलन लुम्बिनीमा सुरु भएको हो । सम्मेलनको बिहीबार राति उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका छन् ।

परराष्ट्रमन्त्री श्रेष्ठले लुम्बिनी बुद्ध जन्मस्थल मात्रै नभई बौद्ध दर्शनको उद्गम भूमि रहेको बताए । उनले बुद्ध र लुम्बिनीलाई अलग बुद्धका शिक्षाले विश्वमा शान्ति स्थापनामा महत्त्वपूर्ण विश्वले अङ्गीकार गर्नुपर्ने बताए । लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभएर बुद्ध धर्मको मुहान पनि रहेको समेत उनले बताए ।

उनले नेपाल जटिल भूराजनीतिक चुनौतीहरूको बीचमा रहेको बताउँदै विश्वमा देखिएको द्वन्द्वलाई ध्रुवीकृत गर्दै शान्तिमा रूपान्तरण गर्नुपर्ने जनाए । विश्वमा देखा परेको द्वन्द्वले विश्वव्यापी आर्थिक संकट र असमानतालाई बढाइरहेको उनको भनाइ थियो ।

शान्ति र समृद्धिको एजेण्डामा सम्मेलन गर्ने सबैभन्दा उत्तम ठाउँ लुम्बिनी रहेको उनले बताए । ‘शान्ति र समृद्धिका लागि लुम्बिनीको विकल्प अरु हुन सक्दैन’ परराष्ट्रमन्त्री श्रेष्ठले भने । लुम्बिनीबाट शान्तिको उद्गम थलोसँगै मानवता, सुख, कल्याण र मुक्तिको खोजमा आफ्नो जीवन समर्पण गर्ने बुद्ध जन्माएको पवित्र स्थल रहेको बताए ।

उनले चार महिनाअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले लुम्बिनि भ्रमण गरेको स्मरण गर्दै भगवान् बुद्धका शिक्षाहरू प्रतिबिम्बित गर्ने ठाउँका रूपमा व्याख्या गरे । कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा (खेन्पो छिमे), पूर्वमन्त्री देवेन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस