२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री बन्ने र बनाउने राजनीतिको गलत संस्कार तोड्दै अघि बढ्दैछौँ : ओली

अ+ अ-

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आलोपालो समझदारीबाट प्रधानमन्त्री बन्ने र बनाउने नेपाली राजनीतिमा देखिएको गलत संस्कार तोडेर राजनीतिलाई स्थिरतातर्फ अघि बढाउन खोजेको टिप्पणी गरेका छन्।

एमाले-माओवादीसहित पाँच दलको सहभागितामा सरकार पुनर्गठन भएपछि अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीच ओलापालो प्रधानमन्त्री बन्ने गोप्य सहमति भएको चर्चा चलिरहेका वेला उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत त्यसको खण्डन हुने गरी धारणा सार्वजनिक गरेका छन्।

‘हाम्रो राजनीतिक वृत्तमा अराजनीतिक सोच यति बढेको छ कि नेतृत्वमा आलोपालो गरेर पद प्राप्त गर्ने कुरालाई पनि संस्कारका रूपमा लिन थालिएको छ। तर, राजनीति अहिले तपाईँको पालो त्यसपछि मेरो पालो, मेरोपछि उसको पालो भनेर धारामा पानी थाप्न लाइन बसेजस्तो होइन। नेतृत्व गर्ने कुरा योग्यता, क्षमता, सक्रियता, बुझाइ र इमानदारीमा भर पर्छ। यस्तो संस्कार बसाएर मात्र राजनीतिलाई गुणात्मक र परिणाममुखी बनाउन सकिन्छ,’ ओलीले टिप्पणी गरेका छन्।

आलोपालो प्रधानमन्त्री बन्ने चर्चाको खण्डन गर्दै ओलीले अगाडि भनेका छन्, ‘आलोपालो पदको अभ्यासले सञ्चारकर्मीदेखि समाजको ठूलो हिस्सालाई प्रभाव पारेको देखिन्छ र प्रश्नहरू सोधिन्छ-तपाईँको पालो कहिले, उहाँको पालो कहिले  हामी राजनीतिमा बसेको गलत संस्कारलाई तोड्दै अघि बढिरहेका छौँ। राजनीतिलाई गुण-दोषमा आधारित रहेर परीक्षण गर्ने संस्कार बसालौँ, आलो-पालो वा तेरो-मेरोमा आधारित रहेर होइन।’

प्रतिक्रिया दिनुहोस