एकीकृत समाजवादीले दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एकीकृत समाजवादीले दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने


७ चैत्र २०८०, बुधबार


काठमाडौँ। एकीकृत समाजवादीले राजीव गुरुङ (दीपक मनाङे)लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । गुरुङ स्वतन्त्र हैसियत मागेको भोलिपल्टै नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा गएका थिए । 

एकीकृत समाजवादी पार्टीको सदस्य भएर पार्टीसँग सल्लाह नै नगरी मन्त्री भएकोबारे बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

मनाङेलाई मंगलबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री नियुक्त गरेका थिए ।

४ मंसिर २०७९ को प्रदेश सभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा एकीकृत समाजवादी प्रवेश गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस