राष्ट्रिय सभा अध्यक्ष दाहाल र गणतन्त्र कोरियाका राजदूतबिच भेट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय सभा अध्यक्ष दाहाल र गणतन्त्र कोरियाका राजदूतबिच भेट


७ चैत्र २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताए योङले भेट भएको छ । 

सिंहदरवारस्थित राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा मंगलबार भएको शिष्टाचार भेटमा दुई देशबिचको सम्बन्ध र कोरिया-नेपालबिचको सहयोगलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको थियो।सो अवसरमा राष्ट्रिय सभा अध्यक्ष दाहालले नेपाल र कोरियाबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको चर्चा गर्दै आगामी दिनमा पनि दुई देशबिच आर्थिक विकास, रोजगारी लगायत जनस्तरसम्मको सहयोग आदान प्रदान थप घनिष्ठ हुनेमा विश्वास व्यक्त गरे ।

संघीय सांसदले नेपाल(कोरिया संसदीय मैत्री समूह गठन गरिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले संसदीय मैत्री समूहमार्फत दुई देशका सांसदहरूबिच संसदीय अनुभव र अभ्यास एक अर्कामा आदान प्रदान गर्न सहज हुने बताए । भेटमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्कल कोरिया-नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठले दुई देशबिचको सम्बन्धलाई थप सुमधुर बनाउन सहयोग पुर्‍याउने बताए । नेपालको आर्थिक विकास र समृद्धिका लागि कोरिया सरकारले विशेष प्राथमिकता दिने पनि उनले उल्लेख गरे ।

भेटमा राजदूत पार्कले नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष दाहाललाई समकक्षी गणतन्त्र कोरियाको राष्ट्रिय सभाका सभामुख किम जिन प्योले पठाएको शुभकामना सन्देश सुनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस