महरा पक्राउबारे डा. बाबुरामको आशङ्का-आफैँले पालेको खसी काटेर चोखिन खोजेको त होइन ! « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

महरा पक्राउबारे डा. बाबुरामको आशङ्का-आफैँले पालेको खसी काटेर चोखिन खोजेको त होइन !


७ चैत्र २०८०, बुधबार


काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वसभामुख कृष्णबहादुर महराको पक्राउमाथि आशङ्का गरेका छन् ।

पार्टी बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सबैमाथि छानबिन गरेर कारबाही गर्न सक्ने उच्चस्तरीय अंग बन्नुपर्ने बताए ।

‘यहाँ त के छ भने एउटा सत्तामा आएको छ, अर्कोलाई आरोप लगाएको छ’, महरा पक्राउबारे सोधिएको प्रश्नमा उनले भने, ‘आफ्नालाई चोख्याउने, अरूलाई फसाउने गरेर त के हो के हो ?’

साना माछा, ठूला माछा भन्ने पनि रहेको भन्दै भट्टराईले ठूला माछा संरक्षणका लागि साना माछा फसाइएको पनि हुनसक्ने आशङ्का गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस