भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाही गर्ने सरकारको घोषणा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाही गर्ने सरकारको घोषणा


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । सरकारले जुनसुकै कालखण्डमा भएको भ्रष्टाचारको छानबिन गर्ने घोषणा गरेको छ ।

सत्तारुढ पाँच दलको न्यूनतम साझा संकल्प सार्वजनिक गर्दै गठबन्धन कार्यदलका संयोजक विष्णु पौडेलले भ्रष्टाचारी एकदिन कानूनको कठघरामा पुग्नेछ भन्ने समाजमा स्थापित गर्ने बताएका हुन् ।

उनले भने, ‘भ्रष्टाचार र अख्तियारसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनैपनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारवाही अघि बढाउने, भ्रष्टाचारी एकदिन कानूनको कठघरामा पुग्नेछ भन्ने समाजमा स्थगित गर्नेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस