कूटनीतिक आचारसंहिता पालनमा कडाइ गर्ने परराष्ट्रमन्त्री श्रेष्ठको घोषणा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कूटनीतिक आचारसंहिता पालनमा कडाइ गर्ने परराष्ट्रमन्त्री श्रेष्ठको घोषणा


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कूटनीतिक आचार संहिता पालना गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन्।

सोमबार संसदमा समय लिएर परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भए गरेका काम र आगामी योजनाका बारेमा जानकारी दिँदै उनले कूटनीतिक आचारसंहिताको पालना गराउन सरकारले कदम चाल्ने भएको हुन्।

श्रेष्ठले भने, ‘कूटनीतिक आचार संहितालाई अवलम्बन गरिदिन हुन आग्रह अनुरोध गर्दछ। यसमा सरकारले प्रभावकारी कदम चाल्ने जानकारी गराउन चाहन्छु।’ १२ वर्षअघि परराष्ट्रमन्त्री हुँदा उनले आचार संहिता जारी गर्दै कूटनीतिक भेटघाटलाई व्यवस्थित बनाउन आचार संहिता लागू गरेका थिए। परराष्ट्रमन्त्री श्रेष्ठले अहिले फेरि त्यसलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएका हुन्।

उनले दक्ष र कुशल ढंगले परराष्ट्र नीति सञ्चालन गर्ने उल्लेख गरे। ‘दक्ष र कुशल परराष्ट्र नीति लिएरअघि बढ्ने छौँ। कूटनीतिक अध्यासको कुरा गर्दा अर्थ कूटनीतिलाई पनि महत्त्वका साथ अघि बढाउने छौँ, श्रेष्ठले अगाडि भने, ‘दुई छिमेकीसँग असल र मैत्रीपूर्ण सम्बन्ध विश्वका अरू देशसँग सुमधुर सम्बन्ध, विकास साझेदारहरूसँग पनि सम्बन्ध राखेर अघि बढ्ने छौँ। राष्ट्ररहितलाई ध्यान दिएर परराष्ट्र नीति सञ्चालन गर्नेछौँ। समझदारी पूर्ण सम्बन्ध कायम गर्न हुन दलका नेता तथा सबै प्रबुद्ध व्यक्तिहरूमा आग्रह गर्न चाहन्छ।’

त्यस्तै, परराष्ट्रमन्त्री श्रेष्ठले रुसी सेनामा नेपालीको भर्ना र मृत्यु हुने समस्याको समाधान गर्न सरकारले पहल गरिरहेको दाबी गरे। रुसी सरकारसँग नेपालीलाई भर्ना नलिन र भर्ना भएकाहरूलाई पनि तुरुन्तै फर्काउन आफूले त्यहाँका विदेश मन्त्रीसँग कुरा गरेको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस