मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति शाहले लिए शपथ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति शाहले लिए शपथ


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. अंकुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनियुक्त उपकुलपति डा. साहलाई प्रतिष्ठानका कुलपति एवं मुख्यमन्त्री सरोज कुमार यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

शपथग्रहण गराउँदै मुख्यमन्त्री यादवले उपकुलपतिको नियुक्तिपछि प्रतिष्ठानले गति लिने विश्वास व्यक्त गरे । उनले स्वास्थ्य मन्त्रालयले एक नम्बरमा सिफारिस गरेकै योग्य व्यक्तिलाई आफूले नियुक्त गरेको बताए ।

शपथग्रहण समारोहमा सह-कुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र कुमार सिंह, मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुर , नीति तथा योजना आयोगको उपाध्यक्ष नाथु राम चौधरी, प्रतिष्ठानका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस