पक्राउ गर्ने सूचना पाएपछि भागेका थिए महरा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पक्राउ गर्ने सूचना पाएपछि भागेका थिए महरा


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । सुन तस्करीमा जोडिएका पूर्व सभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार कपिलवस्तुबाट पक्राउ परेका छन् ।

प्रहरीले पक्राउ गर्ने थाहा पाएपछि महरा काठमाडौँबाट बाहिरिएका थिए । महरा भैरहवा हुँदै दाङ हिँडेको सूचना आएपछि प्रहरी प्रधान कार्यालयले पक्राउ गर्न निर्देशन दिएको थियो । निर्देशन पाए लगत्तै कपिलवस्तु प्रहरीले पकडीबाट उनलाई पक्राउ गरेको हो । उनलाई पक्रन प्रहरीले सडकमै ब्यारिकेट लगाएको थियो । उनलाई पक्राउको आदेशबारे जानकारी गराएर प्रहरीले नियन्त्रणमा लिएको हो ।

महरालाई काठमाडौँ ल्याउनका लागि प्रहरीले यति एयरलाइन्सको फ्लाइट करिब एक घण्टा होल्ड गराएको थियो । पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वको सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले सुन तस्करीमा महराको संलग्नता रहेको भन्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस