२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वनको डढेलो बस्तीमा सल्किँदा १७ घर जले

अ+ अ-

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका-१ सिम्लेमा आइतबार दिउँसो वनमा अचानक लागेको डढेलो बस्तीमा सल्किँदा १७ घर जलेका छन् । 

गाउँको पुछारको सल्किएको आगोले सिंगो वन सखाप पारेको छ भने वनको आसपासमा रहेका १७ वटा घर जलेर नष्ट भएका छन् । दिनभर अनियन्त्रित बनेको आगो प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले राति अबेर मात्रै नियन्त्रणमा लिए । आगलागीमा परेर १७ घर र दुई वटा गोठ जलेको गाउँपालिका अध्यक्ष केशवप्रसाद भेटुवालले जानकारी दिए । 

उनका अनुसार त्यसमध्ये १० वटा घरमा अहिले पनि मानिसहरू बस्दै आएका थिए भने अन्य ७ वटा घरमा भने मान्छे थिएनन् । दिनमा आगलागी हुँदा कुनै मानवीय क्षति नभएपनि पशुचौपाय र धनसम्पत्ति भने जलेर नष्ट भएको छ । सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ । 

आगलागीले नगद, अन्नपात, लत्ताकपडा, गरगहनालगायत धनसम्पत्ति नष्ट भएको र पीडितहरूलाई राहत सामग्री वितरण थालिएको अध्यक्ष भेटवालले बताए । 

आगलागीले मयन्तापा, बाझोगरा, टारी लगायत गाउँका चक्रबहादुर भण्डारी, पर्शुराम राई, अश्विनकुमार राई, कृष्णबहादुर घतानी, धनप्रसाद राई, कल्पना राई, सुकबिर राई, जयकुमार घतानी, मनप्रसाद राई र जयमान राईको घर जलेको छ । घर जलेपछि उनीहरू विस्थापित भएका छन् । 

त्यस्तै, हाल मान्छे नरहेका सरस्वती राई, डम्बरबहादुर घतानी, बिर्खबहादुर बुढाथोकी, चन्द्रबहादुर बुढाथोकी, लाइनबहादुर थापा, तिलबहादुर थापा र सेरबहादुर बुढाथोकीको घरमा पनि आगोले क्षति गरेको छ । पुर्वी पहाडमा बसाइँसराईले गाउँ रित्तिँदै गर्दा गाउँको जग्गाजमिन र घर बिक्री नभएका कारण मानिसहरूले छिमेकीलाई जिम्मा छोडेर तराईतिर बसाइँ सर्ने क्रम रहेको छ ।