ठाकुर मोहनमाथि कुटपिट गर्ने तीन जनालाई राप्रपाले गर्‍यो निलम्बन « प्रशासन
Logo १० जेष्ठ २०८१, बिहिबार
   

ठाकुर मोहनमाथि कुटपिट गर्ने तीन जनालाई राप्रपाले गर्‍यो निलम्बन


४ चैत्र २०८०, आइतबार


काठमाडौँ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि कुटपिटमा संलग्न भएको आरोप लागेका ३ जनालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निलम्बन गरेका छन् ।

२७ फागुनमा पार्टी कार्यालय धुम्बाराहीमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेको समयमा कार्यालय हाताभित्र श्रेष्ठमाथि कुटपिट भएको थियो ।

घटनाको आवश्यक छानबिन गरी केन्द्रीय अनुशासन समितिले सिफारिस गरेपछि अध्यक्ष लिङ्देनले पार्टीका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौँ ४ का क्षेत्रीय अध्यक्ष रिद्धिप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका सदस्य सचिव निराजन बमलाई ४ वर्षका लागि निलम्बन गरेका राप्रपा स्रोतले जानकारी दिएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिमा उपाध्यक्ष विक्रम पाण्डे र श्रेष्ठबीच विवाद भएको थियो । सोही विवादको विषयलाई लिएर पाण्डेका पीएसमेत रहेका सहायक महामन्त्री बलायरसमेतले श्रेष्ठमाथि कुटपिट गरेका थिए ।

सम्बन्धित समाचार :

Tags :
प्रतिक्रिया दिनुहोस