लालीगुराँस सहकारीका ऋणी र बचतकर्तालाई सम्पर्कमा आउन आव्हान « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

लालीगुराँस सहकारीका ऋणी र बचतकर्तालाई सम्पर्कमा आउन आव्हान


४ चैत्र २०८०, आइतबार


काठमाडौँ । ललितपुरको पुल्चोक स्थित लालीगुराँस बहुउद्देश्यीय सहकारीका ऋणी र बचतकर्तालाई समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयमा सम्पर्कमा आउन सूचना जारी गरिएको छ ।

सहकारी व्यवस्थापन कार्यालयले एक सूचना जारी गर्दै बचतकर्ता तथा ऋणीलाई सम्पर्कमा आउन भनेको हो । लालीगुराँसलाई फागुन २९ गते समस्याग्रस्त घोषणा गरिएको थियो । सो पश्चात् उक्त सहकारीको सम्पत्ति तथा दायित्वको भुक्तानी कार्य सम्बन्धीको जिम्मा समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयलाई दिइएको हो ।

कर्मचारी तथा सञ्चालकलाई उक्त सहकारीको कागजात पेश गर्न कार्यालयले भनेको छ । यस्तै ऋणीलाई पनि कार्यालयमा आएर ऋण चुक्ता गर्न र बचतकर्तालाई बचत फिर्ताको आवेदन माग भए पनि आवेदन दिई बचत फिर्ता लिन पनि समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयले भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस