तुलसी सहकारीमा बचतकर्ताको साढे १२ अर्बको मागदाबी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

तुलसी सहकारीमा बचतकर्ताको साढे १२ अर्बको मागदाबी


४ चैत्र २०८०, आइतबार


काठमाडौँ । समस्याग्रस्त शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थामा ११ अर्ब रुपैयाँभन्दा बढीको माग दाबी परेको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अनलाइन मागदाबी मार्फत प्रमाणसहित दाबी पेस गर्न सहकारीका बचतकर्तालाई आह्वान गरेको थियो ।

उक्त सूचना अनुसार ३२ हजार ५ सय बचतकर्ताको ११ अर्ब रुपैयाँ मागदाबी परेको समितिका सदस्यसचिव केशवप्रसाद पौडेलले बताए ।

सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले  शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थालाई २५ भदौ २०८० मा समस्याग्रस्त घोषणा गरेको थियो ।

मन्त्रालयले समस्याग्रस्त घोषणा गरी सम्पत्ति तथा दायित्व फर्स्यौट गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाएको थियो ।

शिवशिखर सहकारी संस्था स्थापना गरी सर्वसाधारणबाट निक्षेप संकलन गरी अपचलन गरेका सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मा पुर्पक्षका लागि थुनामा छन् ।

काठमाडौं केन्द्रीय कार्यालय रहेको सहकारी संस्थाको स्रोत आफ्नो निजी व्यवसायमा  लगानी गरी अपचलन गरेका शर्माले उक्त संस्थाको सञ्चालक समितिमा संस्थाका कर्मचारीलाई जिम्मा दिएर विराटनगरमा तुलसी बहुमुखी सहकारी संस्थाको अध्यक्ष बनेका थिए ।

उक्त सहकारीको स्रोत पनि अपचलन गरेका थिए । तुलसी सहकारी पनि सहकारी विभागको सिफारिसमा सहकारी मन्त्रालयले २५ भदौ २०८० मा नै समस्याग्रस्त घोषणा गरेको थियो ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अनलाइन मागदाबीका लागि आवेदन माग गरेकोमा ५ हजार ३ सय ८१ आवेदकले करिब १ अर्ब ४५ करोडको मागदाबी पेस गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस