सत्तालिप्साको पिण्डदान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सत्तालिप्साको पिण्डदान


३ चैत्र २०८०, शनिबार



राजनीतिक सहकार्यको तिलान्जली, आशामा लुटाएर, सत्तालिप्सा अल्झिएको,
जनता र देशको आशा, तिनीले दिएर नयाँ यत्रामा मात्र विश्वास गुमाएको,
लाजले लाज लागाउँदा समेत दलका नेताको लाज हराएपछि,
चाल जनताले पहिचानेत खोई त नेतृत्वमा परिवर्तन गराएको?
नया-पुराना सबैले उस्तै रुपमा आएपनि, जनताले नाम औंठेर खोई त पद लिएको?

बेवास्ता र ठगीका खिलाफ उनीहरूलाई जनताले अब चिन्नुपर्छ,
लोकतन्त्रमा नयाँ अवस्था, निर्माण नागरिक जीवनमा,
सकारात्मक परिणाम देखाउन वास्तविक जनताले राज गर्नुपर्छ।
काल पनि डराएछ, सायद यो राजनैतिक मुर्दा जस्तो,
सत्ता लिप्साको खोई त अवसान भएको?
लर्कोमा प्लेन चढेर, युवा चुहिईदा बाकसमा फर्किन्छ,
यो बाटोमा सरकारले खोई त हाई देखेको?

तिलान्जलीको हरेक सहकार्यमा , देशको आशालाई,
सत्तालिप्सामा अल्झेका छन् सबै भनि जनतालाई बुझायो,
गाईजात्रा भनेर एक दिनमनाउदा याहा भने सरकार र संसदमा दैनिक प्यारोडि मन्चन गरायो।
अर्थतन्त्रको भुमरिमा, राज गर्दा जिउदै जल्दा समेत,
जनताको खोई त माग पुरा भएको?
काल पनि डराएछ, सायद यो राजनैतिक मुर्दा जस्तो,
सत्ता लिप्साको खोई त अवसान भएको ?

सत्तालिप्साको पिण्डदान हरेक नेपालीको कर्तव्य भएको छ,
नेपाल आमा आज यो कस्तो लोकतन्त्र भनेर रोएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस