एमालेले पार्टी सदस्यको परीक्षा लिने, असफल भए पार्टीबाट हटाइने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमालेले पार्टी सदस्यको परीक्षा लिने, असफल भए पार्टीबाट हटाइने


१ चैत्र २०८०, बिहिबार


काठमाडौँ। नेकपा एमाले लुम्बिनीले प्रदेशमा रहेका ८६ हजार २ सय ६० जना सदस्यको एकै पटक परीक्षा लिने भएको छ । पार्टी सदस्यहरूलाई नीतिगत तथा अन्य जानकारी दिलाउने उद्देश्यले यस प्रकारको नयाँ कार्यक्रम थालिएको एमालेको भनाइ छ । यहीँ चैत ५ गते हुने यस्तो परीक्षामा सदस्यको क्षमता अनुसारको प्रश्न तयारी गरिएको छ ।

निष्क्रिय सदस्यलाई क्रियाशील र जबाफदेही बनाउन यो कार्यक्रम थालिएको भए पनि पहिलो पटक अनुत्तीर्णलाई पुनः अवसर दिइने र पटक पटक असफल भए पार्टीबाट बिदा गरिने रणनीति बनाइएको एमालेको भनाई छ ।

प्रदेश कमिटीले प्रदेशभित्र रहेका १२ वटै जिल्लाका पार्टी सदस्यहरूको चैत ५ गते वडा कमिटीमा परीक्षा लिइने छ । यसमा प्रदेशभरका ८६ हजार २ सय ६० जना नेता/कार्यकर्ताहरू सहभागी हुनेछन्।

अर्यालले परीक्षाको नतिजाबाट पार्टीका कार्यकर्ताहरूको स्तर निर्धारण हुने र त्यसैअनुसार पार्टीभित्र जिम्मेवारी दिइने नीति बनाइएको जानकारी गराइन्।

Tags :
प्रतिक्रिया दिनुहोस