काठमाडौँ । गृह सचिव एकनारायण अर्यालले पदभार ग्रहण गरेका छन् । मन्त्रिपरिषद्को सोमबार बसको बैठकले गृह सचिवमा सरुवा गरेका अर्यालले बुधवार(आज) पदभार ग्रहण गरेका हुन् ।
सम्बन्धित समाचार : गृह सचिवमा एकनारायण अर्याल
सम्बन्धित समाचार : नवनियुक्त गृह सचिव एकनारायण अर्यालद्वारा गृह मन्त्रालयमा पद बहाली
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिदाइ भएसँगै अर्यालले गृह मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् । सुरक्षा निकायका प्रमुखहरूसहित गृह प्रशासनका कर्मचारीहरूले नवनियुक्त सचिव अर्यालको भव्य स्वागत गरेका छन् ।
अनुभवी तथा निर्णायक क्षमतामा अब्बल सचिव अर्यालको सरुवासँगै प्रहरी तथा कर्मचारी प्रशासन उत्साहित भएको छ । विषम परिस्थितिमा अर्यालको उपस्थितिले उत्साहित बनेका सुरक्षा निकाय तथा गृह प्रशासनका कर्मचारीहरूले घट्दो गृहको शाख उँचो हुने विश्वास लिएका छन् ।
हेर्नुस् फोटोफिचर

























