२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभरका २९३ नगरपालिकामध्ये गोदावरी उत्कृष्ट

अ+ अ-

ललितपुर । नेपाल नगरपालिका संघले सहरी योजना, पूर्वाधार विकास र विपद् व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै गोदावरी नगरपालिका पुरस्कृत भएको छ । संघले आफ्नो ३१ औं स्थापना दिवसको अवसरमा गोदावरी नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार प्रदान गरेको हो । संघले अन्य ४ विधामा विभिन्न नगरपालिकालाई पनि पुरस्कृत गरेको छ ।

संघीय मामिला मन्त्री भानुभक्त जोशीले गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनलाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरे । आर्थिक वर्ष २०७९/०८० मा गोदावरी नगरपालिकामा भएको कामको मूल्याङ्कन गरी सहरी योजना, पूर्वाधार विकास र विपद् व्यवस्थापनको क्षेत्रमा नगरपालिकालाई उत्कृष्ट घोषणा गरिएको हो ।

२०७३ सालमा स्थापना भएको गोदावरी नगरपालिकाले गरेको कामको मूल्याङ्कन संविधानविद् काशीराज दाहालको संयोजकत्वमा गठित समितिले गरेको थियो । गत आइतबार गोदावरी नगरपालिकाले आफ्नो आठौँ स्थापना दिवस मनाएको थियो ।

स्थापनाको छोटो अवधिमा नै गोदावरी नगरपालिकाले पूर्वाधार विकासको क्षेत्रमा उल्लेख्य काम गरेको छ । यसैगरी नगरपालिकाले स्वास्थ्य र शिक्षा नागरिकको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरेको छ ।

नगरपालिकाले आफ्नै स्रोतबाट कलात्मक ढंगबाट प्रशासनिक भवन निर्माण गर्नुका साथै इन्जिनियरिङ क्याम्पसको भवन निर्माण कार्य अन्तिम चरण पुगेको छ । यसैगरी सडक पूर्वाधार निर्माण पनि पालिकाको स्रोतसाधनले भ्याएसम्म उल्लेख्य काम गरेको छ ।

नगरपालिकाभित्र राम्रो काम गर्न सहयोग गर्ने, हौसला दिने नगरभित्रका सम्पूर्ण नगरवासी, जनप्रतिनिधि र कर्मचारी लगायत सम्पूर्णको महत्त्वपूर्ण भूमिका रहेको भन्दै नगर प्रमुख गजेन्द्र महर्जनले सबैमा धन्यवाद ज्ञापन गर्दै कृतज्ञता व्यक्त गरे ।

नगरपालिकाले कला संस्कृति र पर्यापर्यटनमा पनि उल्लेख्य काम गरिरहेको बताउँदै गोदावरीलाई समुन्नत नगर बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । यसैगरी यस विधामा सुदूर पश्चिमको भीमदत्त नगरपालिका पनि सम्मानित भएको थियो । संस्थागत सुधार वित्तीय सुशासन कायम गर्ने नगरपालिकामा दाङको घोराही उपमहानगरपालिका सम्मानित भएको छ ।

स्थानीय आर्थिक विकासमा फड्को मारेकोमा रुपन्देहीको बुटवल नगरपालिका सम्मानित भएको छ । त्यसैगरी सामाजिक विकासको क्षेत्रको उत्कृष्ट कार्य गरेकोमा रौतहटको गौर नगरपालिकालाई सम्मानित गरिएको थियो । वन वातावरण जलवायु परिवर्तन र विपद् व्यवस्थापन न्यूनीकरण विधामा उत्कृष्ट काम गरेका चितवनको रक्त नगर नगरपालिका र रुकुमको चौरजहारी नगरपालिका सम्मानित भएका छन् ।

प्रतिक्रिया दिनुहोस