अमेरिका पठाइदिन्छु भन्दै ६० लाख ठगी गर्ने एकजना पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अमेरिका पठाइदिन्छु भन्दै ६० लाख ठगी गर्ने एकजना पक्राउ


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेपाल प्रहरीले अमेरिका पठाइदिन्छु भनी रु. ६० लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने उदयपुर त्रियुगा नगरपालिका वडा नं ७ घर भई हाल गोँगबु बस्ने ३६ वर्षीय लोकबहादुर राउतलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले अमेरिकामा रु. सात लाख ५० हजारसम्म तलब हुने प्रलोभनमा पारी किमा डाँगीसमेत दुई जनालाई ठगी गर्ने राउतलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका राउतले अमेरिका जानका लागि प्रतिव्यक्ति रु. ८० लाखसम्म लाग्छ भनी दुई जनासँग रु. ६० लाख लिएर फरार भएका थिए । राउतलाई गोँगबुबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता रेग्मीले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस