नगरपालिका तथा गाउँपालिकाहरू थप जिम्मेवार हुनुपर्छ : सामान्य प्रशासन मन्त्री जोशी « प्रशासन
Logo ९ असार २०८१, आइतबार
   

नगरपालिका तथा गाउँपालिकाहरू थप जिम्मेवार हुनुपर्छ : सामान्य प्रशासन मन्त्री जोशी


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले तीन तहको सरकारमध्ये जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने निकाय स्थानीय सरकार भएकाले नगरपालिका तथा गाउँपालिकाहरू थप जिम्मेवार हुनुपर्ने बताएका छन् । 

मङ्गलवार नेपाल नगरपालिका सङ्घको ३१औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री जोशीले स्थानीय तहका प्रमुखहरूको हाकिमका लागि सिँहदरवार कुदेरै कार्यकाल पुरा गर्ने गरेको उल्लेख गर्दै संघीय संघीय निजामती ऐन बनेमा यसको समाधान हुने बताए । 

उनले भने, ‘अहिले हामी स्थानीय तहलाई केही निर्देशन दिन सक्ने अवस्थामा हामी पनि छैनौँ । अहिलेसम्म एउटा ऐन ल्याउन सकेका छैनौँ । सङ्घ र प्रदेश सरकारबाट सञ्चालित योजनाको अवस्था त बेहाल थियो नै सात सय ५३ वटै स्थानीय तहका पालिका प्रमुख, उपप्रमुखहरूलाई विकास निर्माण भन्दा कर्मचारीलाई कसरी ल्याउने व्यवस्थापन गर्ने भन्नेमा मात्र ध्यान जाँदो रैछ । सिंहदरबार कुदेरै कार्यकाल सक्ने पनि छन् । संघीय निजामती ऐन सदनमा दर्ता भैसकेको छ । त्यो पास भएपछि अधिकांश समस्याहरू समाधान भएर जानेछन् ।’ 

पहिलेको सरकारले पेस गरेका विधेयक र सुरु गरेका कामहरू अहिले आफ्नो पोल्टामा आएको भन्दै मन्त्री जोशीले आफू जिम्मेवार भएर लाग्ने प्रतिबद्धता जनाए । 

मन्त्री जोशीले कोरोनाको प्रकोप फैलिरहेको बेलामा स्थानीय सरकारले खेलेको भूमिकाको प्रशंसा गर्दै थप जिम्मेवार भएर लाग्न प्रतिनिधि सङ्घहरूलाई आग्रह गरे । 

Tags :
प्रतिक्रिया दिनुहोस