नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा पदभार ग्रहण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा पदभार ग्रहण


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले पदभार ग्रहण गरेका छन् । अध्यक्षमा निर्वाचित भएलगत्तै शपथग्रहणपछि पदभार ग्रहण गरेका हुन् ।

माओवादीको तर्फबाट उम्मेदवार बनेका दाहाललाई सत्ता गठबन्धनको साथ थियो । उनले काँग्रेसका युवराज शर्मालाई पराजित गरेका हुन् ।

शीतल निवासमा एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथलगत्तै राष्ट्रिय सभा अध्यक्षको पदभार सम्हाल्नुअघि उनले सहिद स्मारक लैनचौर पुगेर माल्यार्पण गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस