सुन जस्तो देखिने धातुसहित विमानस्थलबाट महिला पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुन जस्तो देखिने धातुसहित विमानस्थलबाट महिला पक्राउ


२९ फाल्गुन २०८०, मंगलबार


पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने धातुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब २ सय १० ग्राम तौल भएको विभिन्न गरगहनासहित प्युठान ऐरावती गाउँपालिका-६ घर भएकी २८ वर्षीया संगीता परियारलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौँ आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा भन्सार छली गरी लैजान लागेको अवस्थामा उनी पक्राउ परेकी हुन् । उक्त धातुको लकेटसहितको सिक्री १ थान, ब्रासलेट १ थान, औँठी ३ थान, रानीहार १ थान, मिनिहार १ थान, मंगलसुत्र २ थान, कानमा लगाउने झुम्का २ जोर र औँठी १ थानसहित प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौचरमा बुझाइने प्रहरीले जनाएको छ ।

यसैगरी सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका–३ खुर्सानीबारीबाट करिब १ किलो सुनजस्तो देखिने वस्तुसहित एकजना पक्राउ परेका छन् । भोटेकोशी गाउँपालिका–५ मार्मिङ बस्ने २३ वर्षीय थारचेन तेम्बा तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले भे.११ प ५५५८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक तामाङले पेटमा बाँधी लुकाई ल्याएको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस