पाँच दलबीच ७ बुँदे सहमति, संयुक्त सरकार गठनका लागि संवाद अघि बढाउने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पाँच दलबीच ७ बुँदे सहमति, संयुक्त सरकार गठनका लागि संवाद अघि बढाउने


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । सत्तारुढ पाँच दलबीच सात बुँदे सहमति भएको छ । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) बिच ७ बुँदे सहमति भएको हो ।

मङ्गलवार बिहान नयाँ बानेश्वरमा बसेको गठबन्धनको बैठकमा दलहरूबिच लिखित सहमति भएको छ । सहमतिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पुनर्गठित वर्तमान सरकारलाई सुदृढ र सफल पार्ने भनिएको छ । 

राष्ट्रिय सभाको रिक्त रहेको अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमतिमा उल्लेख छ । नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने पनि दलहरूबिच सहमति भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस