टी-२० आईमा कुशल भुर्तेलको १ हजार रन पूरा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

टी-२० आईमा कुशल भुर्तेलको १ हजार रन पूरा


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेपाली क्रिकेटर कुशल भुर्तेलले त्रिकोणात्मक टी-२० आई सिरिजमा एक हजार रन पूरा गरेका छन्।

पपुवा न्युगिनीविरुद्ध कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाउँदै आउट भए । त्योसँगै १ हजार रन पनि पूरा गरेका हुन् ।

कुशलले ३६ खेलमा १ शतक र ८ अर्ध शतकसहित १०१ चौका र ४४ छक्का हान्दै १००८ रन बनाएका छन् । उनी नेपालबाट टी-२० आईमा १ हजार रन पूरा गर्ने दोस्रो नेपाली ब्याटर हुन् । दीपेन्द्रसिंह ऐरीले ५८ खेलमा १ शतक र ८ अर्ध शतकसहित १४७६ रन बनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस