२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृह सचिवमा एकनारायण अर्याल

अ+ अ-

काठमाडौँ । गृह सचिवका रूपमा एकनारायण अर्यालको सरुवा भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अर्याललाई गृह सचिव बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको छ । 

अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृहमा ल्याइएको हो ।

अर्याल गृहका क्याडर हुन् । सहसचिवका रूपमा लामो समय बसेका अर्याल काठमाडौँको प्रमुख जिल्ला अधिकारी(प्रजिअ) भई काम गरेका थिए । 

नाकाबन्दी, संविधान घोषणा, भूकम्पका बेला निकै सक्रिय भएर काम गरेका अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई हेर्ने आम दृष्टिकोणलाई नै बदलेका थिए । मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभाग भन्ने बित्तिकै नाक खुम्च्याउनु पर्ने अवस्थालाई व्यापक सुधार गरेका तत्कालीन श्रम सचिव अर्यालकै कारण मन्त्रालयको मूल्याङ्कनमा श्रम अगाडी आएको थियो । 

सुधारवादी प्रशासकका रूपमा लिइने अर्याल नेतृत्व क्षमतामा पनि अब्बल सचिवका रूपमा चिनिन्छन् । परिस्थितिलाई तत्काल नियन्त्रण गर्न सक्ने क्षमताकै कारण गृह प्रशासनमा उनको चर्चा चल्ने गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएसँगै त्यहाँसमेत उल्लेखनीय सुधार गरेका अर्याल पछिल्लो समय प्रधानमन्त्रीको रोजाईमा पर्दै आएका थिए । राजनीतिक नेतृत्वसँग स्पष्ट बोल्न सक्ने र कर्मचारीका विषयमा खुलेर बोल्न सक्ने अर्यालको गृह कमान्डलाई कर्मचारीहरूले अर्थपूर्ण रूपमा हेरेका छन् । 

उनलाई भावी मुख्य सचिवका रुपमासमेत हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस