विशेष अवस्था बाहेक जहाज होल्डिङ घट्यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विशेष अवस्था बाहेक जहाज होल्डिङ घट्यो


२८ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले विशेष अवस्था बाहेक जहाज ‘होल्डिङ’ घटेको जनाएको छ ।

काठमाडौँको आकासमा अधिक चाप हुँदा जहाज बढी समय होल्ड गर्नुपरेको भन्दै विमानस्थल प्रशासनको आलोचना हुँदै आएको छ । विमानस्थलले सोमबार विज्ञप्ति जारी गर्दै विशेष अवस्था बाहेक होल्डिङ घटेको बताएको हो।

आन्तरिक आगमन टर्मिनलको छुट्टै भवन बनाएर ब्यागेज बेल्टको व्यवस्था गरिएको र यसले यात्रुलाई सहज भएको समेत विमानस्थलको दाबी छ ।

यस वर्ष विमानस्थलमा पर्याप्त ट्रली व्यवस्था गरिएको र १२ जनासम्म अट्ने लिफ्ट जडान भएको भन्दै यसले यात्रु व्यवस्थापनमा सहज भएको प्रशासनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस