रास्वपाले इलाम-२ मा मात्रै उम्मेदवारी दिने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रास्वपाले इलाम-२ मा मात्रै उम्मेदवारी दिने


२८ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १५ को उपनिर्वाचनमा इलाम-२ मा मात्र उम्मेदवारी दिने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेको एक नेताले बताएका छन् ।

वैशाख १५ मा इलाम २ र बझाङको प्रदेश सभामा हुँदैछ । रास्वपा गत मंसिरमा प्रदेशको निर्वाचनमा सहभागी भएको थिएन ।

सत्ता गठबन्धनमा भएपनि एक्लै लड्ने घोषणा गरेर रास्वपाले इलाम २ मा निर्वाचनको तयारी थालिसकेको छ । बैठकले उम्मेदवारबारे टुंगो लगाएको छैन ।

रास्वपाले इलाम २ को निर्वाचनको लागि सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई कमाण्डर बनाएर यसअघि नै पठाइसकेका छ । भने पार्टीका ६ सांसदले इलामका जनतासँग प्रत्यक्ष भेटेर फर्किएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस