राष्ट्रिय सभा युवराज शर्माले भने-निर्वाचित भए राष्ट्रिय सभाको गरिमा बढाउँछु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राष्ट्रिय सभा युवराज शर्माले भने-निर्वाचित भए राष्ट्रिय सभाको गरिमा बढाउँछु


२८ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्षका उम्मेदवार युवराज शर्माले निर्वाचित भए राष्ट्रिय सभाको गरिमा बढाउने गरी काम गर्ने बताएका छन् ।

राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै उनले संसदीय नियममा रहेर काम गर्ने बताए । ‘राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको खण्डमा म सभाको गरिमा बढाउने नै काम गर्छु’ उनले भने ।

काँग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा काँग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा काँग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शेखरकुमार सिंह छन् । निर्वाचन मंगलबार हुनेछ ।

सत्ता गठबन्धनका तर्फबाट नारायण दाहालको उम्मेदवारी परेको छ । दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपी अछामी सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस