उपनिर्वाचनको तयारीबारे छलफल गर्न रास्वपाको बैठक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उपनिर्वाचनको तयारीबारे छलफल गर्न रास्वपाको बैठक


२८ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । वनस्थलीको चमतिस्थित केन्द्रीय पार्टी कार्यालयमा जारी बैठकमा उपनिर्वाचनका लागि दल दर्ता र निर्वाचनको तयारीबारे छलफल भइरहेको पार्टीको केन्द्रीय सदस्य एवं सह प्रवक्ता प्रतिभा रावलले जानकारी दिए ।

उनका अनुसार इलाममा हुने उपनिर्वाचनमा भाग लिने विषयमा बैठकमा विशेष छलफल भइरहेको छ । उक्त बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र गरिएको निर्णयबारे समेत छलफल हुने प्रतिनिधि सभा सदस्य एवं सो पार्टीका केन्द्रीय सदस्य विनीता कठायतले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस