राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय सभा बैठक बस्दै छ । आज दिउँसो १ बजेर ९ मिनेट जाँदा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन् । राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्ने कार्यसूची रहेको छ ।

त्यस्तै विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस