२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-जापान सम्बन्धमा नेपाली समाज उदाहरणीय छ : राजदूत सुवेदी

अ+ अ-

टोकियो (जापान) । जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले जापानमा रहेको नेपाली समाजले नेपाल-जापान सम्बन्ध विस्तारमा पुर्‍याउँदै आएको योगदान उदाहरणीय रहेको बताएका छन् । दुई देशबीचको सम्बन्ध विस्तारमा जापानस्थित नेपाली समाजले हासिल गरेको उचाइबाट जापान सरकार तथा यहाँको समाजले नेपाली परिचय र पहिचान दिलाउन सफल भएको उनले उल्लेख गरे । 

राजदूत डा सुवेदीले नेपाल-जापानबीचको सांस्कृतिक, धार्मिक र जनस्तरमा सम्बन्ध विस्तारमा यहाँको नेपाली समाजले उल्लेख्य भूमिका निर्वाह गरेको बताए । जापानमा हाल करिब एक लाख ६३ हजारको सङ्ख्यामा नेपाली रहेको अनुमान गरिएको छ । नेपालीहरू विभिन्न पेसा व्यवसाय, रोजगारी र अध्ययनका सिलसिलामा जापानमा बस्दै आएका छन् । 

उच्च शिक्षा अध्ययन र रेष्टुराँ व्यवसायमा संलग्न नेपालीको सङ्ख्या बढी छ । जापानमा हाल करिब ४० हजार नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनमा छन् भने करिब आठ सयको सङ्ख्यामा नेपाली रेष्टुराँ सञ्चालनमा रहेको बताइएको छ । त्यहाँका रेष्टुराँ नेपाली पहिचान झल्कने रातोमाटो, निम्तो, चिनो, आँगन, हार्दिक, नेपाली खाजाघरजस्ता नामाकरण दिएर सञ्चालन गरिएको पाइन्छ । नेपाली दालभात तरकारीका अलवा कोदो र फापरको ढिँडो, मःमजस्ता परिकार र व्यञ्जनले नेपाली खानालाई जापानमा समेत परिचय गराएको राजदूत डा सुवेदी बताउछन् । 

  ‘जापानमा रहेको नेपाली समाज अन्य देशको तुलनामा सु–सङ्गठित, सुविचारित र समृद्ध हुँदै गएको छ’, राजदूत डा.सुवेदीले भने । 

गैरआवासीय नेपाली सङ्गठन (एनआरएन) का पूर्वअध्यक्ष भवन भट्ट तथा मनि एक्सचेन्जका क्षेत्रका ओम गुरुङ, रवीन शेरचन, महेशलाल श्रेष्ठ एवं व्यापार तथा व्यवसाय क्षेत्रमा भूषण घिमिरे, शिवप्रसाद पौडेललगायत जापानमै ख्याति कमाएका व्यक्ति छन् । अहिले जापानमा रहने नेपाली कुक अथवा वेटर मात्र नभई विभिन्न क्षेत्र तथा ठूला र स्थापित पेसा व्यवसायमा अघि बढिरहेका छन् । जापानमा प्रा डा केशवलाल महर्जन, प्रा डा नेत्रप्रकाश भण्डारी, प्रा डा रमेश पोखरेल, प्रा डा प्रमिला न्यौपानेलगायत प्राध्यापनमा संलग्न छन् । स्वास्थ्यदेखि इन्जिनियरिङ, वातावरणका क्षेत्रसम्ममा समेत विद्यावारिधि गर्ने क्रममा नेपाली विद्यार्थी रहेका छन ।

  राजदूत डा सुवेदी भन्छन्, ‘हामीले गौरव गर्नुपर्छ । नेपालीहरू विद्या र वुद्धिको क्षेत्रमा प्रखररुपमा अघि बढी रहेका छन् । नेपाली प्रकृति, संस्कृति, कला र साहित्यको अनुसन्धानमा त्यतिकै समर्पित छन् ।’ नेवारी संस्कृतिमा मात्र नभई नेपालका कुना कन्दरामा पुगेर मगर भाषामा विद्यावारिधि गर्ने समेत जापानी नागरिक रहेका राजदूत डा सुवेदी बताउछन् । 

‘नेपालको प्रकृतिदेखि, कला, सङ्गीत, संस्कार, धर्म र संस्कृतिसम्म अनुसन्धान गर्ने जापानी रहेका छन्’, उनले भने । नेपाल-जापानबीचकोे अनुपम सम्बन्ध र सहयोगलाई जापानले सदासर्वदा उच्च प्राथमिकतामा राख्दै आएको छ । जापानले नेपालको शिक्षा, स्वास्थ्य, सडक, हवाई, सडक, कृषि, पूर्वाधारलगायतका क्षेत्रमा लामो समयदेखि  सहयोग पुर्‍याउँदै आएको उनले उल्लेख गरे । 

  नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ तारिखमा औपचारिकरुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । तर करिब डेढ सय वर्ष अघिदेखिनै दुवै देशबीच सम्बन्ध ऐतिहासिक र प्रगाढ थियो । त्यसअघि सन् १८९९ मा जापानका बौद्ध भिक्षु एकाइ कावागुचीले बौद्धधर्म ग्रन्थको अनुसन्धानका सिलसिलामा नेपालको भ्रमण गरेका छन् । 

  राणाकालमा आठ विद्यार्थीलाई खनिज, मेकानिकल, खरखजाना, प्रविधि र कृषिबारे उच्च शिक्षा अध्ययनका लागि जापान पठाइएको इतिहास छ । शैक्षिक हिसाबले त्यो घटना निकै महत्त्वपूर्ण विषय हो । तत्कालीन सरकारले ती विद्यार्थीका लागि खाना पकाउने भान्सेसहित पानीजहाज चढाएर अध्ययन गर्न जापान पठाएको थियो । उनीहरू नेपाल फर्कने क्रममा जापानबाट उन्नत जातको गोदावरी फूल र हलुवाबेद नेपाल ल्याएको बताइन्छ ।

नेपाल र जापानबीच दौत्य सम्बन्धको नो वर्षपछि टोकियोमा नेपाली दूतावास स्थापना भएको हो ।  त्यसको लगत्तै जापानले काठमाडौँमा आफ्नो दूतावास खोलेको थियो । नेपालका सबै राजनीतिक परिवर्तनलाई जापान सरकार र जापानी जनताले आत्मसात् गर्दै सम्मान र स्वीकार गर्दै आएका छन् । अनुशासित र मेहनती जनता, नवीनतम उच्च प्रविधिको प्रयोग र शान्त कूटनीतिका माध्यमद्वारा अघि बढिरहेको जापान विश्वका सबै मुलुकका लागि आकर्षण र अध्ययनको केन्द्र बनेको छ । 

कुलेखानी जलविद्युत् आयोजना, महाराजगन्ज शिक्षण अस्पताल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडार जडान, रेडियो नेपालको भवन, सिन्धुली-बर्दिबास विपी राजमार्ग र नागढुङ्गा सुरुङ नेपालको विकासमा जापानी सहयोगका उदाहरण भएको राजदूत डा.सुवदी बताउछन्। कुनै रणनीतिक उद्देश्य नराखी केवल नेपाली जनता र नेपालको आर्थिक तथा सामाजिक विकासलाई केन्द्रित गरी जापानले निरन्तर सहयोग गर्दै आएको उनले बताए । सरकारीसँगै जनस्तरमा रही आएको घनिष्ट र प्रगाढ  सम्बन्धकै कारण ठूलो सङ्ख्यामा नेपाली जापान पुगेका हुन् । 

विदेशी मुलुकमा नेपाली पाठ्यक्रमका आधारमा पठनपाठन हुँदै आएको टोकियोस्थित एभरेष्ट इन्टरनेसनल स्कुलले पनि जनस्तरमा दुई देशबीचको सम्बन्ध विस्तारमा सेतुको काम गरेको छ । त्यस विद्यालयलाई जापानले अन्तर्राष्ट्रियस्तरको विद्यालयको मान्यता प्रदान गरेको विद्यालयका  प्राचार्य विष्णुप्रसाद भट्ट बताउछन् । टोकियोस्थित नेपाली समाजकै अग्रसरमातामा खोलिएको सो विद्यालयमा हाल कक्षा १ देखि १२ सम्म नेपालकै पाठ्यक्रमका आधारमा पठनपाठन भइरहेको छ ।

उक्त विद्यालयले नेपाली भाषा, साहित्य, शिक्षा, वेशभूषा, परम्परा, रहनसहन, कला, संस्कृति र सभ्यतालाई विश्व समुदायमा पुर्‍याउन योगदान पुर्‍याइरहेको संस्थापक सदस्य एवं विद्यालय सञ्चालक समिति सदस्य भूषण घिमिरेले बताए ।

 विद्यालयमा हाल जापानीसहित ४५० विद्यार्थी अध्ययनरत छन् । टोकियोमा नेपाली पाठ्यक्रमअनुरूप पढाइ हुने विद्यालय सञ्चालन गरी नेपालीपन र नेपाली मन बचाउने कार्यमा नेपाली समाजले गरेको कार्य आदरणीय रहेको राजदूत डा.सुवेदीले बताए। सन् १९९० मा जापानमा नेपाली समाज गठन भएको हो ।

प्रतिक्रिया दिनुहोस