बागमती प्रदेश सभाको बैठक मंगलबार बस्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बागमती प्रदेश सभाको बैठक मंगलबार बस्ने


२६ फाल्गुन २०८०, शनिबार


मकवानपुर । बागमती प्रदेश सभाको चालु अधिवेशन बैठक यही फागुन २९ गते अपराह्न ३ बजे  बस्ने भएको छ । 

यही फागुन १७ गते प्रदेश सभाको बैठकले अनुमोदन गरेको बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको बैठकबाट प्राप्त प्रतिवेदनलाई फागुन २९ गते अपराह्न १ बजे बस्ने कार्य परामर्श व्यवस्थापन समितिको बैठकमा पेश गर्न कार्यसूची तयार गरिने प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

यसैगरी, प्रदेश सभा सचिवालयमा आइतबार अपराह्न १ बजे बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको बैठक बस्ने र बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का मुख्य सचिव, अर्थ सचिव, कानुन सचिव र अर्थविद्हरूसँग प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्षको २०८०/०८१ को बजेटको विनियोजित सम्बन्धमा सरकार र प्रतिपक्षबीच भएको सम्बन्धमा कार्यान्वयन गर्न कानुनी अड्चनबारे छलफल हुने विशेष समितिका संयोजक गोविन्दप्रसाद लम्सालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस