नयाँ समीकरण असफल पार्न दक्षिणपन्थीहरू सक्रिय छन् : नेता खनाल « प्रशासन
Logo २६ भाद्र २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नयाँ समीकरण असफल पार्न दक्षिणपन्थीहरू सक्रिय छन् : नेता खनाल


२६ फाल्गुन २०८०, शनिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ बनेको सरकारले जनतामा नयाँ आशाको सञ्चर गरेको चर्चा गर्दै जनताको अवस्था परिवर्तन गर्ने गरी सरकारले काम गर्नुपर्ने सुझाएका छन् । तर, उनले नयाँ समीकरण बन्नासाथ भूराजनीतिक शक्तिहरूको चासो बढिरहेको उल्लेख गरे ।

शनिबार सरकारलाई शुभकामना दिँदै खनालले हाम्रो देशको रणनीतिक महत्वका कारणले नयाँ गठबन्धनको सरकार बनेकै दिनदेखि यसलाई असफल पार्न दक्षिणपन्थी शक्तिहरू षड्यन्त्रमा लागेको टिप्पणी गरेका छन् ।

‘हाम्रो देशको रणनीतिक महत्वका कारणले भूराजनीतिक शक्तिहरूको चासो दिन प्रतिदिन बढिरहेको छ । यद्यपि यो सरकार बनेकै दिनदेखि यसलाई असफल पार्न दक्षिणपन्थी शक्तिहरू विभिन्न प्रकारका चलखेल र षड्यन्त्रमा लागिसकेका छन्’ खनालले भनेका छन् ।

तत्कालीन काँग्रेस-माओवादीबीचको गठबन्धन टुटेर एमाले, रास्वपालगायतसँग नयाँ सरकार बन्नु सकारात्मक परिवर्तन रहेको तर्क गरेका खनालले भनेका छन्,‘यो सरकार बन्दा आमजनतामा नयाँ आशाको सञ्चार भएको छ र मुलुकका वामपन्थी, देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिहरू समेत यो सरकारप्रति सकारात्मक देखिएका छन् ।’

प्रगतिशील र समाजवादी शक्तिहरूसँगको नयाँ गठबन्धनले वर्तमान सरकारलाई अझ घनिष्ठ रूपले एकताबद्ध भएर अग्रगमनकारी नीति लिएर अघि बढ्न थप मद्दत गर्ने धारणा खनालको छ । तर, उनले नयाँ बनेको सत्ता गठबन्धनलाई फुटाउन काँग्रेस अग्रसर भएकोप्रति व्यङ्ग्य गर्दै गठबन्धनले चुनौतीहरूको एकताबद्ध भएर सामना गर्न मद्दत गर्ने बताए ।

‘कतिपय पार्टीहरूभित्रै पनि षड्यन्त्रका तानाबाना बुनिँदैछन् । यी चुनौतीहरूले वर्तमान गठबन्धनलाई अझ घनिष्ठ रूपले एकताबद्ध हुन र अग्रगमनकारी नीति लिएर अघि बढ्न थप मद्दत पनि गर्नेछ ।’

खनालले अगाडिको गठबन्धन सरकारले अघि सारेका नीति, कार्यक्रम र बजेटले जनता र राष्ट्रको कुनै पनि आधारभूत समस्याहरूलाई सम्बोधन गर्न नसकेको, बेरोजगारी र भ्रष्टाचार बढेको बताउँदै अहिलेको वामपन्थी एकता समयको माग भएको तर्क गरे ।

‘वामपन्थी एकताको माग दिन प्रतिदिन बढिरहेको थियो र मुलुकको राजनीतिक कोर्स बदल्नुपर्छ भन्ने माग प्रबल बनिरहेको थियो ।’

Tags :
प्रतिक्रिया दिनुहोस