भारतले दोब्बरले बढायो चीनसँग विवादित सीमा क्षेत्रमा सेना « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

भारतले दोब्बरले बढायो चीनसँग विवादित सीमा क्षेत्रमा सेना


२५ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । भारतले आफ्नो पश्चिमको चीनसँगको सिमानामा सुरक्षा दस्ता बढाएको छ ।

ब्लुमबर्गको तथ्यांक साभार गरेर रुसी च्यानल आरटीले बनाएको समाचारअनुसार भारतले पश्चिम क्षेत्रको चीनसँग विवाद भएको सीमा क्षेत्रमा कार्यरत ९ हजार सैनिकको अतिरिक्त दश हजार फौज पठाएको छ ।

चीनसँग जोडिएको हिमाचल प्रदेशको ५३२ किलोमिटर सीमा हेर्ने सैनिकको संख्या २० हजार पुगेको आरटीले उल्लेख गरेको छ ।

जापानको टोक्योमा आयोजना भएको राइसिना राउण्ड टेबलमा बोल्दै भारतीय विदेशमन्त्री एस जयशंकरले चीनले भारतसँग गरेको सम्झौता पालना नगरेको सार्वजनिक अभिव्यक्ति दिएलगत्तै यस्तो जानकारी सार्वजनिक भएको आरटीले उल्लेख गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस