काठमाडौँ । संयुत्त अरब एमिरेट्स युएईमा रहेको नेकपा माओवादीको प्रवास संगठनले नयाँ नेतृत्व चयन गरेको छ । नेपाली जनप्रगतिशील मञ्च युएईको सम्पन्न छैटौँ महाधिवेशनले स्याङ्जाका लक्ष्मण खनाल (संकल्प)को अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको हो ।
पत्रकार महासंघ युएई शाखाका निवर्तमान अध्यक्ष समेत रहेका खनाल युएईमा रहेका संघसस्था सँग सहकार्य गर्न सक्ने सामाजिक व्यक्तित्वको रूपमा परिचित छन् । उनी लामो समयदेखि रोजगारी गर्दै युएईमा सक्रिय छन् ।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दामोदर सिङ ठगुन्ना, उपाध्यक्षहरूमा क्रमशः मनोज कुमार राजवंशी, धनबहादुर चन्द, र महिला उपाध्यक्षमा सपना गिरी छन् ।