संगठित पार्टी सदस्यको विवरण केन्द्रीय कार्यालयमा पठाउन जसपाको परिपत्र « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

संगठित पार्टी सदस्यको विवरण केन्द्रीय कार्यालयमा पठाउन जसपाको परिपत्र


२५ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठित पार्टी सदस्यको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउन परिपत्र गरेको छ । पार्टीको महाधिवेशनको तयारीमा रहेको जसपाले सदस्यहरूको विवरण पठाउन तल्ला तहका कमिटीलाई निर्देशन दिएको हो । फागुन २३ र २४ गते बसेको पार्टीको बैठकको निर्णयबमोजिम भन्दै केन्द्रीय कार्यालयले बिहीबार परिपत्र गरेको छ । 

विभिन्न पार्टी समिति तथा सङ्गठनहरुबाट सङ्गठित पार्टी सदस्य वितरण र नवीकरण सम्पन्न गरी सो विवरण पठाउन केही समयावधि थप गर्न माग भएबमोजिम पार्टीले सो निर्णय गरेको हो । 

उक्त समयावधिमा सदस्यताको विवरण नपठाएको खण्डमा महाधिवेशन प्रक्रियामा भागेदारी हुने सम्भावना नरहने ब्यहोरा समेत जानकारी गराइएको छ । सदस्यहरूको रेकर्ड अद्यावधिक गर्नको लागि सङ्गठित पार्टी सदस्यको विवरण (सफ्ट कपी) समेत उपलब्ध गराउन भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस