१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छेम्दीमा ‘एक घर, एक धारा’

अ+ अ-

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको छेम्दी टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेयलफेयर ट्रष्टको आर्थिक र प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरेका हुन् । मुलपानी र लट्टेखोरीयाको मुहानबाट पानी ल्याएर घरघरमा धारा बनाएर वितरण गरिएको कार्यवाहक वडाध्यक्ष श्याम पुर्जाले जानकारी दिए । 

उनका अनुसार आयोजनाबाट छेम्दी टोलका ७२ घरधुरी लाभान्वित भएका छन् । धारामा मिटरसमेत जडान गरिएको छ । यसअघि छेम्दीवासीले सार्वजनिक धारा र मुहानबाट निजी लगानीमा पाइप जडान गरेर खानेपानी उपभोग गरेका छन् । 

घरमै भएको निजी धारामा नियमित खानेपानी वितरण भएपछि समयको बचत र सहज भएको स्थानीयवासी देउमन पुर्जाले बताए। खानेपानी सुविधाले स्थानीयवासीको दैनिकी परिवर्तन भएको छ । गत मङ्सिर महिनादेखि सुरु भएको आयोजना बिहीबार सम्पन्न भएपछि पानी वितरण गर्न थालिएको हो ।

कूल रु ६४ लाख ६६ हजार ६८ लागत अनुमान गरिएको आयोजना निर्माणमा उपभोक्ताले रु २२ लाख ३५ हजार ७२८ बराबरको श्रमदान गरेका गोर्खा वेयलफेयर ट्रष्टका प्राविधिक देवी थापा मगरले बताए । पाइप, सिमेन्ट, रड, फिटिङलगायत निर्माण सामग्री उपलब्ध गराएको ट्रष्टले आयोजना निर्माणस्थलमा एक जना प्राविधिक नियमितरुपमा परिचालन गरेको थियो । गोर्खा वेयलफेयर ट्रस्टको सहयोगमा अन्नपूर्ण गाउँपालिका-६ मा खिवाङ र वडा नम्बर-३ को काभ्रेमा पनि खानेपानी तथा सरसफाइ आयोजना निर्माणको अन्तिम चरणमा छ । 

खिवाङमा १४२ र काभ्रेमा ७५ घरधुरी लाभान्वित हुने प्राविधिक गुरुङले बताए। गोर्खा वेयलफेयर ट्रष्टको सहयोगमा गत वर्ष अन्नपूर्ण गाउँपालिका–४ को पटारमा निर्माण भएको खानेपानी आयोजनाबाट २९ घरधुरी, वडा नम्बर-३ को दाना बजारमा ५१ र दुवारीमा–२६ घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको थियो ।

गोर्खा वेल्फेयर ट्रष्टले अन्नपूर्ण गाउँपालिकाको दश वर्षे खानेपानी सरसफाइ तथा स्वच्छता योजना पनि तयार पारेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए। खानेपानी विभागको मापदण्डअनुसार अन्नपूर्णका शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन २२  थप आयोजना निर्माण गर्नुपर्ने योजनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस