वन क्षेत्रबाट संकलन भयो पौने ३ अर्ब राजस्व « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

वन क्षेत्रबाट संकलन भयो पौने ३ अर्ब राजस्व


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपालको वन क्षेत्रबाट ६ महिनाको अवधिमा पौने ३ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तथ्यांक अनुसार साउनदेखि पुस मसान्तसम्मको अवधिमा नेपालको वन क्षेत्रबाट २ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

सरकारले चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा वन क्षेत्रबाट मात्र ६ अर्ब रुपैयाँ बराबरको राजस्व उठ्ने अनुमान गरेको थियो ।गत आर्थिक वर्ष २०७९/८० मा वन क्षेत्रबाट ४ अर्ब ७८ करोड रुपैयाँ राजस्व उठेको थियो । ६ महिनामा १ करोड ३७ लाख क्युफिट काठ उत्पादन भएको छ ।

यस अवधिमा उत्पादित काठको बिक्री भने १ लाख ३८ हजार क्युफिट भएको तथ्यांकमा उल्लेख छ । यस वर्ष काठ उत्पादनको लक्ष्य ३ करोड क्युफिट रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस