परराष्ट्र सचिव लम्साल र बेलायती राजदूत फेनबीच भेटवार्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

परराष्ट्र सचिव लम्साल र बेलायती राजदूत फेनबीच भेटवार्ता


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपालका लागि बेलायती राजदूत रब फेन र परराष्ट्र सचिव सेवा लम्सालबीच भेटवार्ता भएको छ ।

बिहीबार भएको भेटमा बेलायती राजदूत फेन र परराष्ट्र सचिव लम्सालबीच बेलायती गोर्खा समस्याबारे छलफल भएको हो ।

सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल-बेलायत सम्बन्धका विषय तथा बेलायती गोर्खा समस्यालगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस