आठ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आठ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आठ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्ष अवधिको विकास ऋणपत्रमा नेपाली नागरिक, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी तथा अन्य संघसंस्थाले लगानीका लागि आवेदन दिन सक्नेछन् ।

बोलकबोल माध्यमबाट यसको ब्याजदर निर्धारण हुन्छ । न्यूनतम ५० हजार रुपैयाँ र ५० हजारले भाग जाने अंकमा खरिद गर्न पाइने छ । ऋणपत्र खरिद गर्न चाहनेले २९ फागुनमा ३ बजेभित्र नेपाल राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल पेस गर्न सक्नेछन् ।

यस ऋणपत्रको साँवा भुक्तानी ३० फागुन २०८८ मा हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा लगानीकर्ताले पाउने छन् । नागरिकले आवेदन दिँदा राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागमा गई खरिद गर्न चाहेको रकमको २.५० प्रतिशत रकम राष्ट्र बैंकको खाता नं. १२०००००-०१५-१५-५२४ मा जम्मा गरेको सक्कल भौचर र नागरिकता प्रमाणपत्र प्रतिलिपिसहित विभागमा अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल गर्नुपर्नेछ ।

यो विकास ऋणपत्र नेप्सेका सूचीकृत भई कारोबारमा आउने छ भने बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण समेत लिन सकिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस