सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज थप १५ सय बढ्दै १ लाख २५ हजार रुपैयाँ कायम भएको हो ।

मंगलबार तोलामा १ लाख २३ हजार रुपैयाँ कायम भएको कीर्तिमान बनेको मूल्यमा बुधवार र बिहीबार थप बढेर उच्च बिन्दुमा पुगेको हो ।यस्तै बिहीबार तेजाबी सुन पनि तोलामा १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच आज चाँदी तोलामा १ हजार ४७० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधवार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस