पौने छ बजेका लागि सर्‍यो नयाँ मन्त्रीहरूको शपथ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पौने छ बजेका लागि सर्‍यो नयाँ मन्त्रीहरूको शपथ


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नवनियुक्त मन्त्रीहरूको शपथको तयारी भइरहेको छ । आज साँझ पौने ६ बजे शपथको लागि तयारी भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

आज १४ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार, हरि उप्रेती, रक्षा, भगवती चौधरी, महिला बालबालिका, राजेन्द्र राई, खानेपानी, दामोदर भण्डारी, उद्योग, ज्वालाकुमारी साह, कृषि र बलराम अधिकारी, भूमि व्यवस्था मन्त्री बन्दै छन् । उनीहरूले आज शपथ लिन लागेका हुन् । यसअघि एमालेबाट मन्त्री बनेका पदम गिरीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसै गरी माओवादी केन्द्रबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमा नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, ऊर्जामा शक्तिबहादुर बस्नेत, अर्थमा वर्षमान पुन मन्त्री बन्दै छन् । हितबहादुर तामाङले भने मन्त्री पदको शपथ लिइसकेका छन् । उनलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, शिक्षा विज्ञान तथा प्रविधिमा सुमना श्रेष्ठ र युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठले शपथ लिँदै छन् । यसअघि सपथ लिएका डीपी अर्यालले श्रम रोजगार तथा सामाजिक सुरक्षाकाे जिम्मेवारी पाएका छन् ।

यस अघि साँझ ५ बजे हुने भनिएको शपथ ग्रहण विविध कारणले पौने ६ बजेका लागि सरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस