१२० प्रहरीलाई हवाई सुरक्षासम्बन्धी तालिम « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

१२० प्रहरीलाई हवाई सुरक्षासम्बन्धी तालिम


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा खटिने प्रहरीलाई हवाई सुरक्षा तथा खानतलासी सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरेको छ ।

कार्यालयका अनुसार पछिल्लो तीन साताको अवधिमा विमानस्थलमा कार्यरत १२० जना नेपाल प्रहरीका जनशक्तिलाई यस्तो तालिम दिएको हो ।

विमानस्थलमा सरुवा भएर आउने नयाँ प्रहरी कर्मचारीलाई सर्वसाधारणसँग गर्नुपर्ने व्यवहार, उपकरण सञ्चालन तथा खानतलासीसँग सम्बन्धित तालिम दिने गरिन्छ ।

यसअघि विमानस्थलमा खटिने प्रहरी कर्मचारीहरू खानतलासीका क्रममा गर्ने व्यवहारका कारण आलोचित समेत हुँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस