२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचक ७०.३१ अङ्कले घट्यो 

अ+ अ-

काठमाडौँ । हिजो सोमबार सकारात्मक सर्किट लागेर कारोबार समय अगावै बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक ७० दशमलव ३१ अङ्कले घटेर दुई हजार सात दशमलव ६९ को बिन्दुमा कायम भएको हो ।

सोमबार एकैदिन परिसूचक एक सय १७ दशमलव ७० अङ्क अर्थात् छ प्रतिशतले बढेको थियो । उच्च अङ्कको वृद्धिपछि आज लगानीकर्ता नाफा बुकमा लाग्दा बजार घटेको हो ।

आज तीन सय छ कम्पनीको एक करोड १४ लाख ६७ हजार पाँच सय ९९ कित्ता ६९ हजार दुई सय आठ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ११ करोड ३६ लाख ७६ हजार नौ सय ५८ बराबरको कारोबार भएको छ । आजको कारोबारमा दुई सय १३ कम्पनीको शेयर मूल्य घट्दा ३३ कम्पनीको मात्रै बढेको छ ।

नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स तीन दशमलव २४ र फ्लोट इन्डेक्स तीन दशमलव ३७ प्रतिशतले घटेको छ । म्युचुअल फन्ड शून्य दशमलव ६६ प्रतिशतले बढ्दा अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक चार दशमलव ३५ प्रतिशतले घटेको छ ।

त्यस्तै, जलविद्युत् समूह चार दशमलव ३० र उत्पादन तथा प्रशोधन चार दशमलव २० ले घटेको छ । बैंकिङ तीन दशमलव ०१, विकास बैंक तीन दशमलव ६५, वित्त दुई दशमलव ७५, होटेल तथा पर्यटन तीन दशमलव ६९ र लगानी समूह तीन दशमलव ४८ प्रतिशतले घटेको छ । 

त्यसैगरी, जीवन बीमा समूह तीन दशमलव ४९, लघुवित्त एक दशमलव २७, निर्जीवन बीमा समूह दुई दशमलव ६० र व्यापार समूह दुई दशमलव १५ प्रतिशतले घटेको छ ।

गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव ७३ प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ र बोटलर्स नेपाल ९तराई० को शेयर मूल्य नौ दशमलव ४५ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको रू ४१ करोड ९१ लाख २२ हजार सात सय ३५ बराबरको आठ लाख ५० हजार चार सय ६४ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस