ग्लोबल आइएमई बैंकका दुईवटा नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ग्लोबल आइएमई बैंकका दुईवटा नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । ग्लोबल आइएमई बैंकले थप २ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ।

बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका-६, हुस्लाङ र बन्दिपुर गाउँपालिका-६, साराङ्गघाटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ।

यी दुई नयाँ शाखा रहित बैंकिङ्ग सेवाको सञ्चालनसगैं बैंकका शाखा रहित बैंकिङ्ग सेवाको संख्या २७७ पुगेको छ ।

बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ४६ लाख भन्दा बढी ग्राहकलाई सेवा दिएको जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस