गठबन्धनबारे नागरिक उन्मुक्ति पार्टी छलफलमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गठबन्धनबारे नागरिक उन्मुक्ति पार्टी छलफलमा


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । सत्ता समीकरण फेरिएपछि नागरिक उन्मुक्ति पार्टी पनि आन्तरिक छलफलमा जुटेको छ । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न अध्यक्ष रेशमलाल चौधरीले आकस्मिकरुपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । 

बैठक बिहान १० बजे काठमाडौँमा बस्नेछ । बद्लिएको राजनीतिक समीकरणपछि आगामी राजनीतिक कदम तय गर्न पार्टीका पदाधिकारी, प्रदेश र संघका सबै सांसदहरूलाई छलफलमा बोलाएको छ । 

‘बदलिएको राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएका छौँ । पार्टीको निर्णय अनुसार अगाडि बढ्छौँ,’ सो पार्टीका महासचिव गङ्गाराम चौधरीले भने, ‘पार्टीको हितमा भए सरकारमा जान्छौँ । नभए बाहिर बस्छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस