१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक सम्पत्ति खोजेर संरक्षण गर्न रास्वपाको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक सम्पत्तिको खोजी गरेर पोखरा महानगरको स्वामित्वमा ल्याउन ध्यानाकर्षण पत्र बुझाएको छ । 

रास्वपाको केन्द्रीय सार्वजनिक मामिला विभागले सोमबार पोखराका मेयर धनराज आचार्यलाई चारबुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

रास्वपाले बुझाएको पत्रमा सार्वजनिक जग्गा महानगरको स्वामित्वमा ल्याएर संरक्षण गर्नुपर्ने, अवैध अतिक्रमण र भोगचलन गरिएको भए त्यसलाई हटाउन भनिएको छ । ‘ती ठाउँमा सार्वजनिक पहुँच विस्तार र व्यावसायिक प्रयोजनमा ल्याउँदा प्रतिस्पर्धाको आधारमा कर तथा भाडाको दायरामा ल्याइयोस्’, पत्रमा भनिएको छ ।

त्यस्तै, पोखराले ल्याएको ‘ग्रिन सिटी’ अवधारणासँगै अब बन्ने सबै संरचनामा हरियो रङ लगाउने भनिएकोबारे पनि प्रष्ट पार्न पनि सुझाइएको छ । ‘कृत्रिम हरियो रङले पोखराको पहिचान स्थापित हुन सक्दैन’, ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यदि रङ पोत्ने नीति नै हो भने हरियाली संरक्षण र वृक्षारोपण अभियानमा रूपान्तरण गरियोस् ।’

रास्वपाले चैत महिलाबाट हरेक महिना चलाउने ५ वटा बिरुवा रोप्ने अभियानलाई सघाउन पनि आग्रह गरिएको केन्द्रीय सार्वजनिक मामिला विभागका सदस्य उत्तम पौडेलले जानकारी दिएका छन् ।

त्यस्तै, रास्वपाले अधिक आवागमन हुने पोखराका मुख्यमुख्य चोकमा सार्वजनिक शौचालय बनाउन पनि सझाएको छ । भत्किएका मुख्य, सहायक र भित्री सडकले दुर्घटनाको जोखिम बढाएकाले त्यसलाई पुर्न पनि ध्यानाकर्षण गराएको छ ।

पोखरालाई चैत ३ गते पर्यटकीय राजधानी घोषणा गर्ने भनिए पनि आधारभूत चरित्र र दिनुपर्ने सेवा सुविधाबारे पर्याप्त गृहकार्य नभएको बताएको छ ।

‘घोषणाले मात्रै तात्त्विक फरक नपर्ने भएकाले घोषणाको व्यवहारिक कार्यान्वयनका लागि निजी क्षेत्रसँगको सहकार्यमा आवश्यक र व्यवहारिक नीति, योजना र कार्यक्रम तय गरियोस्’, पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस