टीकापुर नगरपालिकाका उपमेयर शाह निलम्बित « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

टीकापुर नगरपालिकाका उपमेयर शाह निलम्बित


२० फाल्गुन २०८०, आइतबार


काठमाडौँ । कैलालीको टीकापुर नगरपालिका उपप्रमुख खडकबहादुर शाह निलम्बित भएका छन् ।

टीकापुर जग्गा घोटाला काण्डमा अख्तियारले निलम्बन गरी जानकारी गराउनु भन्दै पत्र पठाएपछि उनी स्वतः निलम्बन भएका नगरपालिका स्रोतले जानकारी दिएको छ ।  

यस अघि कैलालीको टीकापुर बजार क्षेत्रको ६ बिगाहा १८ कट्ठा १० धुर सरकारी जग्गा नक्कली कागजातका आधारमा व्यक्ति विशेषको नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

जसमा अख्तियारले शाह सहितका २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस