टीआरसी विधेयक टुङ्ग्याउन कानुनमन्त्रीद्वारा थप समय माग « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

टीआरसी विधेयक टुङ्ग्याउन कानुनमन्त्रीद्वारा थप समय माग


२० फाल्गुन २०८०, आइतबार


काठमाडौँ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग सम्बन्धी (टीआरसी) विधेयक टुङ्ग्याउन कानुनमन्त्री धनराज गुरुङले थप समय मागेका छन् । 

प्रमुख प्रतिपक्षी दल एमाले सकारात्मक बनेपछि आइतबारै विधेयक टुङ्ग्याउने तयारी स्वरूप कानुन समितिको बैठक बसेको थियो ।

उक्त बैठकमा कानुनमन्त्री धनराज गुरुङले केही विषय थप स्पष्ट पार्नुपर्ने भन्दै समय मागेपछि समितिकै बैठक निष्कर्षमा पुग्न सकेन । विधेयकमा भएको स्वेच्छाचारी हत्या भन्ने शब्द अगाडि नियतवस भन्ने शब्द थप्नेमा सहमति भइसकेको छ ।

तर पीडितले सहमति नदिए अभियोजनमा जाने । अभियोजन गर्दा सजाय घटी कति गर्ने भन्ने अधिकार अभियोजकलाई दिने कि ऐनमै तोक्ने भन्नेमा टुंगो नलागेपछि कानुनमन्त्रीले थप छलफल आवश्यक पर्ने भन्दै समय मागेका हुन् । समितिको आगामी बैठकमा मस्यौदा पेश गर्ने सहमति भएको सभापतिले जनाएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस