एकैदिन सुनको मूल्य २ हजारले बढ्यो, प्रतितोला कति पुग्यो ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एकैदिन सुनको मूल्य २ हजारले बढ्यो, प्रतितोला कति पुग्यो ?


२० फाल्गुन २०८०, आइतबार


काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आइतबार १ लाख २१ हजार पुगेको हो ।

त्यस्तै चाँदीको मूल्य पनि आइतबार तोलाको २० रुपैयाँ बढेको छ । अघिल्लो कारोबार दिन तोलाको १ हजार ३९० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ४१० रुपैयाँ कायम भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस