आज काठमाडौँका यी क्षेत्रमा हुनेछ विद्युत् आपूर्ति बन्द « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आज काठमाडौँका यी क्षेत्रमा हुनेछ विद्युत् आपूर्ति बन्द


२० फाल्गुन २०८०, आइतबार


काठमाडौँ । काठमाडौँका केही क्षेत्रमा आज (आइतबार) विद्युत् आपूर्ति बन्द हुने भएको छ। लाजिम्पाटको एभरेष्ट बैंकदेखि राष्ट्रपति भवन, टुँडालदेवीको क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने विद्युत् प्राधिकरणले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि आज ४ घण्टा विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो। 

यो क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ प्राधिकरणले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस